दफा ३०
सञ्चालकहरूको जवाफदेही
(१) समितिले जानी जानी वा लापरवाही गरी कोषलाई हानी नोक्सानी गरे वा गराएमा त्यस्तो हानी नोक्सानी प्रत्येक सञ्चालकको घर घरानाबाट दामासाहीले असूल उपर गरिनेछ ।
तर त्यस्तो नोक्सानी जुन काम कुराबाट हुन गएको हो सो काम कुरा प्रति लिखित रुपमा आफनोे बिरोध जनाउने वा त्यस्तो काम कुरा हुन लागेको थाहा नपाउने सञ्चालकले त्यस्तो हानी नोक्सानी व्यहोर्नु पर्ने छैन ।
(२) नेपाल सरकारको स्वीकृति बमोजिम बाहेक कुनै सञ्चालकले कोष मार्फत आफूलाई व्यक्तिगत फाइदा हुने काम गर्नु गराउनु हुँदैन ।
(३) कुनै सञ्चालकले आफनोे अधिकारक्षेत्र नाघी गरेको काम कारवाही प्रति निज स्वयं उत्तरदायी हुनु पर्नेछ ।